ग्याँस बुलेट त्रिशुली नदीमा खस्यो ,चालकको मृत्यु - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

ग्याँस बुलेट त्रिशुली नदीमा खस्यो ,चालकको मृत्यु



धादिङ। गधादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा शुक्रवार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ ।

काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । अनियन्त्रित भई ग्याँस बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।