चुहावट भएका सिलिन्डर ग्यास बिक्री भएको खुलासा - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

चुहावट भएका सिलिन्डर ग्यास बिक्री भएको खुलासा



हिमाल पोस्ट / २८ कात्तिक, काठमाडौं ।
बाँकेका ग्यास उद्योगहरुले चुहावट भएका पुराना तथा गुणस्तरहीन सिलिन्डर बजारमा पठाइरहेको खुलासा भएको छ ।

नेपालगञ्ज लगायतका क्षेत्रका अधिकांश उपभोक्ताका घरमा चुहावट भएका ग्यास सिलिन्डर पठाइएको खुलासा भएपछि उपभोक्ता आतंकित भएका छन् ।

चुहावट भएको सिलिन्डरकै कारण नेपालगन्ज, धम्बोझीको सोल्टी सेकुवा कर्नरमा आगो लागेको घटना सेलाउन नपाउँदै नेपालगन्ज ११ का शमसुदीन सिद्धिकीको घरमा मगाइएको ग्यास सिलिन्डर पनि चुहावट भएको पाइएको आजको कारोबार दैनिकमा समाचार छ ।

चुहावट भएको ठाउँमा मैनवत्तीले टालेर ग्यास उद्योगले ग्रहकका घरमा पठाएको पाइएको हो ।