गर्मी मौसममा कोरोना भाइरसको संक्रमण घट्दैन : डब्लूएचओ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गर्मी मौसममा कोरोना भाइरसको संक्रमण घट्दैन : डब्लूएचओ



काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तापक्रम बढ्दा अर्थात् मौसम गर्मी हुँदा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने मान्यता गलत साबित भएको बताएको छ।

डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नदेखिएको बताएका हुन्।

उनले भनेका छन्, ‘यस्तो तथ्य पनि पाइएको छैन कि मौसम बदलिँदा यो भाइरस अझ खतरनाक भएर फैलिन्छ भन्ने।’ यसकाे अर्थ काेराेनालाई गर्मी वा जाडाे माैसमले खासै फरक पार्दैन। गति उस्तै रहन्छ।

कोरोना महामारीको सुरुवातीमा केही अनुसन्धानकर्ताले मौसम गर्मी भएपछि कोरोना संक्रमण पनि कम हुन्छ भन्ने ठानेका थिए। तर कोरोना संक्रमण जुन गतिमा फैलिरहेको छ, त्यसले यो मान्यता पनि गलत साबित गरेको उनको भनाइ छ।