गर्मी अझै बढने - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

गर्मी अझै बढने



काठमाडाैं । मुलुकमा एक्कासी हपहपी गर्मी बढेको छ । पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू भागमा गर्मी ह्वात्तै बढेको हो ।

मौसमविद शान्ति कँडेलका अनुसार पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको हो ।

पूर्वी भेगमा हल्का बर्षासँगै मौसम केही धुमिने सम्भावना भए पनि पश्चिम तराईमा त्यस्तो सम्भावना नभएकाले पश्चिमी भेगमा गर्मी अझै बढ्न सक्छ ।

मनसुन सुरु नभएसम्म काठमाडौं उपत्यकामा पनि गर्मी अझै बढ्न सक्ने अर्का मौसमविद समीर श्रेष्ठले बताए । अाजकाे नेपाल समाचारपत्रबाट ।