भुकम्पपीडित भन्छन्- गरिवको त सरकार नै छैन !
भुकम्पन गएको तीन बर्षमा सिन्धुलीपाल्चोक बाह्रविसेका विकमान थामीको टहरामा सम्झनालायक तीन दृश्य देखिए ।
पहिलो दृश्य चुनावको १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् ।
फरकफरक पार्टीका नेता उनको टहरामा आए ।
घर बनाईदिने बाचा गरे ।
भोट हालेर स्वाँस्याँ गर्दै फर्किए विकमान ।
केही दिनपछि सडकमा विजय जुलुस निस्कियो ।
मोटरसाईकल र पजेरको आवाजले विकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो ।
त्यसपछि शुन्य भयो बाटो देखिएनन् ।
भोट माग्नेहरु । उनले भोटको बदलामा छातीमा झन्डा टाँसिएको एउटा टिसर्ट पाए । उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।