गंगामायालाई भेटन मानव अधिकारीहरु अस्पतालमा - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

गंगामायालाई भेटन मानव अधिकारीहरु अस्पतालमा



काठमाडौं । आफ्नो छोराको हत्यारालाई कार्वाहीको माग गर्दै अनसनमा विगत लामो समय देखि गंगामाया अधिकारी अनसनमा छिन् । अनसन बेसेकी अधिकारीलाई आइतबार नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भेटेका छन् । आइतबार अपरान्ह मानव अधिकारवादीको टोलीसहित केसीले अधिकारीलाई भेट्न विर अस्पताल पुगेका हुन् ।

आईसीयू कक्षमा राखिएकी गंगामायालाई भेट्न कनकमणि दीक्षित, चरण प्रसाईं, डा. केदार नरसिंह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत पुगेका थिए ।

अधिकारीका छोरा कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएकोपछि घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।