भारतको गङ्गा नदीमा भेटिए सयौंको संख्यामा शवहरू - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

भारतको गङ्गा नदीमा भेटिए सयौंको संख्यामा शवहरू



एजेन्सी- भारतको गङ्गा नदीमा सयौंको संख्यामा शव भेटिएक छन् । गङ्गा नदीमा ठूलो सङ्ख्यामा शव भेटिएको भारतीय संचारमाध्यमले जनाएका छन् । भेटिएका सयौँ शव कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको हुन सक्ने अनुमान गरिएको छ ।

उत्तर प्रदेश सरकारले भने ४० जनाको शव भेटिएको र तीनीहरुले के कारणले ज्यान गुमाएका हुन् भन्ने अनुसन्धान भइरहेको बताएको छ । तर सरकारले तथ्यांक लुकाएको स्थानीयले आरोप लगाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार स्थानीयबासिन्दाले नदीमा अझै धेरै शवहरू देखिएको बताएका छन् । कतिपय शव अन्तिम संस्कारमा भएको समस्याले नदीमा बगाइएको हुन सक्ने र केही नदी किनारमा शव जलाउने क्रममा नजलिकन बगाइएको हुन सक्ने स्थानीयबासीन्दाले बताएका छन् ।

भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका आफन्तको शवको अन्तिम संस्कार गर्न समस्या भोग्नुपरेको खबरहरु यसअघि नै आएका थिए ।

यसैबीच भारतमा दैनिक कोरोना सङ्क्रमण र मृत्युदर केही घटेको छ । केही दिनदेखि दैनिक लगातार चार लाख भन्दा धेरैमा सङ्क्रमण देखिँदै आएकोमा पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार पाँच सयमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै एक दिनमा तीन हजार आठ सय ७९ जनाको ज्यान गएको छ ।