गङ्गा-जमुना गाँउपालिकालाई विकासको मार्गमा अगाडी बढाऔं। - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

गङ्गा-जमुना गाँउपालिकालाई विकासको मार्गमा अगाडी बढाऔं।



प्रजुन अधिकारी मकाउ,चीन।

गङ्गा-जमुना हामी सबैको धार्मिक स्थल साथै पर्यटकसंग जोडिएको क्षेत्र भएको हुनाले म के प्रस्ताव राख्न चाहन्छु भने गंगाजमुना विकासको लागि एउटा फाउण्डेशन खडा गरेर गङ्गा जमुना विकासको लागि तत्काल गर्नु पर्ने सुधारात्मक कार्यहरू र त्याहाँ गर्न सकिने विकासका प्रबधानहरू र त्यस क्षेत्रलाई कसरी विकास गर्ने भनी हजुरहरू जस्ता हाम्रा अग्रज बुद्धि जिबी वर्ग अभिभावक पर्यटन ब्याबसायी हरू मिलेर त्यस ठाउँमा तत्काल गर्न पर्ने विकास कार्यहरू गर्न सकिने विकास कार्यहरू र निकट भविष्यमा हुने सम्भावित सम्भावनाहरूको योजना बनाउन सक्यो र हाम्रो गङ्गा जमुना झर्नालाई व्यवस्थित र परिमार्जन गरी राम्रो बनाउने गङ्गा जमुना माई तथा त्याहाको झरनाको प्रचार प्रसार तीव्र गतिमा बढाउन र त्याहाँबाट देखिने मनमोहक दृश्यहरूको प्राकृतिक स्वरूपलाई सुन्दरता दिन हरियाली मैदानहरूको निर्माण र सम्बरधन गर्ने होटेल ब्याबस्थापन रिसोर्टहरू विकास गर्ने हावा पानी अनुसारको फलफुल र कृषि पशुपालन बाख्रा भेडा पालन कार्यलाई प्रोत्साहन दिई व्यापार ब्याबसाय बढाउनु पर्दछ।

बन्यजन्तुहरूको संरक्षण गरी निकुन्ज खडा गर्ने गङ्गा जमुना राष्टिय निकुन्जको विकास पूर्वाधार गर्ने हाम्रो बन जङ्गलमा पाउने जडिबुटी तथा बन पैदावारलाई प्रोत्साहन दिई सङ्कलन प्रशोधन गरी निकासी पैठारी गर्ने हाम्रो वनमा पाइने चिराईतोलाई खेतीको प्रोत्साहन हर्ने पाँच औले

लेखक

तिन औले तथा पाखनभेद बोजो जस्ता सरल तरिका बाट प्राप्त गर्न सकिने जडिबुटी लाई सङ्कलन गरी प्रशोधन गर्ने काग़ज़ी पाट हरू निगाला बासको घरेलु सामग्री हरूको प्योजन नि तीव्र बनाई साना ऊध्योग धन्दा संन्चालन गरी निर्यात गर्ने सिजनल फलफुल हरू लाई सङ्कलन प्रशोधन गरी जुस तथा प्याकिग ब्याबस्था गरी निकास गर्ने वनमा मलायो भक्यामिलो भोटेऐसेलु गुयली काफल जस्ता कति खेर गई रहेको फलफुललाई सदुपयोग गरी जुस उत्पादन गरी निकासी गर्न सकेको खण्डमा आर्थिक अवस्था सुढृद हुनेछ।

कागज पाट्लाई सदुपयोग गरी नेपाली कागज कारखाना तथा अन्य सामग्री उत्पादन गरी लगानी रोजगारी र व्यापार बढाउने मैदान डाँडा र जुकुटी डाँडामा डोमेस्टिक एरपोर्ट निर्माण गरी पर्टकलाई भित्राऊने बनपैदावार जडिबुटी सिजनल फलफुल को सङ्कलन प्रशोधन र प्रबधन गरी निर्यात गर्ने हाम्रो ठाउँमा भयको पानीको सदुपयोग गरी मिनरल वाटर कारखाना चलाई सहरी क्षेत्रमा सप्लायर्स गर्ने हावा पानी अनुसार हुने फलफुलहरू स्याउ सुन्तला अमिलो कागति आरू आल्चा फलफुल तथा तरकारी खेतीलाई प्रोत्साहन दिई कृषक दाजु भाइ दिदी बहिनी हरूको मनोबल वृद्धि गराउने जस्ता कार्यहरू गर्नको लागी दाइहरू जस्ता बुद्धिजीवी वर्ग मसाज सेवी मेहनती लगानी कर्ता सबैको सहभागिता भयो भने गङ्गा जमुना लाई पर्यटकिय स्थल मा विकास गरी धादिङको उत्तरी क्षेत्रलाई विकास गरी नमुना लायक बनाउन सकिन्छ भन्ने मान्यता हो।