‘गुण्डा नाइके’ गणेश लामा रिहा - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

‘गुण्डा नाइके’ गणेश लामा रिहा



काठमाडौं। हातहतियार तथा खरखजना मुद्दामा सजाय भुक्तान गरिरहेका ‘गुण्डा नाइके’ गणेश लामा छुटेका छन्।

सोमबार उनी कैद भुक्तान गरेर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए।

गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पुर्पक्षको लागि जेल चलान गरिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको इजलासले लामालाई पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको थियो।

उनलाई डिल्लीबजार कारागारमा राखिएको थियो। सरकारी वकिलको कार्यालयले लामाविरूद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा एक वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ जरिवानासहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मुद्दा बुझाएको थियो।