२०७५ भदौ ४, सोमवार

गणेश लामाको एक करोड बिगो बराबरको सम्पति जफत् र एक वर्ष कैद हुने

August 9, 2018
42 Views
Spread the love
  • 29
    Shares

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत् गर्ने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले आज लामालाई कैद र रु एक करोड ४० लाख ५० हजार सम्पति बराबरको बिगो जफत् गर्ने फैसला सुनाएको विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए।

नेपाली काँग्रेसबाट काभ्रे प्रदेशसभा क्षेत्र नम्बर १ को ‘ख’का उम्मेदवार लामाले आपराधिक गतिविधिबाट रु २७ करोड एक लाख सम्पति जोडेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेर २०७० साल जेठ ५ गते लामासहित पाँच जना विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई उपलब्ध गराएको थियो। विभागले सोहीअनुसार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। लामा बाहेक पाल्साङ लामा, रञ्जु लामा, विनोद लामा, राकेश लामा र लक्ष्मी लामालाई अदालतले सफाई दिएको छ।

लामाको नाममा काठमाडौँ, भक्तपुर र ललितपुरमा २०५ रोपनी जग्गासहित रु २७ करोड एक लाख नगद अवैध रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो। लामा हाल हातहतियार मुद्दामा डिल्लीबजार कारागारमा छन्। रासस

Facebook Comments
  • 29
    Shares

You may be interested

पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन
स्वास्थ्य
0 shares6 views
स्वास्थ्य
0 shares6 views

पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन

विशाल पाण्डेय - २०७५, ४ भाद्र १७:४८

हेमन्त न्यौपाने / पुनर्वास, कञ्चनपुर । राजधानी काठमाडौँमा रहि पुनर्वास र पुनर्वासीहरुको प्रतिनिधि मुलक संस्था पिपल्स एसोसियसन अफ पुनर्वासले एकपुनर्वासी…

विश्वकै धेरै कमाइ गर्ने क्रिकेटरमा भारतीय खेलाडीहरुको बर्चस्व
खेलकुद
0 shares17 views
खेलकुद
0 shares17 views

विश्वकै धेरै कमाइ गर्ने क्रिकेटरमा भारतीय खेलाडीहरुको बर्चस्व

himal post - २०७५, ४ भाद्र १२:२९

विश्वभर क्रिकेटको क्रेज बढी नै रहेको छ । अब क्रिकेटलाई पनि सबैभन्दा धेरै दर्शकले मनपराउने तथा हेर्ने खेलको रुपमा विकास…

पूर्व राजदुत मृत फेला, हत्या कि मृत्यु ?
समाचार
0 shares17 views
समाचार
0 shares17 views

पूर्व राजदुत मृत फेला, हत्या कि मृत्यु ?

himal post - २०७५, ४ भाद्र १२:१६

काठमाडौं । पूर्व राजदुत केशवराज झा आफ्नै निवासमा मृत भेटिएका छन् । फ्रान्सको लागि नेपालका राजदुत रहिसकेका झा आफ्नो निवासमा…