गुन्डा नाइके गणेश लामालाई जेल चलान - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

गुन्डा नाइके गणेश लामालाई जेल चलान



काठमाडौं- गुन्डा नाइके गणेश लामालाई जेल चलान गरिएको छ।

हातहतियार तथा खरखजाना मुद्दामा लामालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको इजलासले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालयले एक वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको माग गरी आइतबार लामा विरुद्ध प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो।

लामालाई डिल्लीबजार सदर खोर लगिएको छ। मुद्दाको फैसला नभएसम्म उनी कारागारमै रहनेछन्।

उनी ६ राउन्ड गोली र पेस्तोलसहित गत फागुन ३० गते गौशालाको पिङ्गलास्थानबाट पक्राउ परेका थिए।

लामामाथि आक्रमण प्रयास भएपछि उनले पेस्तोल निकालेर फायर गर्दैगर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। तर, लामाले भने बरामद पेस्तोल आफ्नो नभई आफूलाई आक्रमण गर्न खोज्ने व्यक्तिको भएको दाबी गरेका छन्।