अब गान्धी परिवारले काँग्रेसको नेतृत्व नगर्ने - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

अब गान्धी परिवारले काँग्रेसको नेतृत्व नगर्ने



नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरबाट आउन सक्ने एक नेताले बताएका छन् ।

भारतमा गत महिना सम्पन्न भएको निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा घोषणा गरेकाले गान्धी परिवारभन्दा बाहिरबाट पनि नेतृत्व हुनसक्ने चर्चा भएको हो ।

काँग्रेसका एक जना प्रभावशाली नेता पी एल पुनियाले गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व हुने सम्भावना रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले भने, ‘देशको उज्ज्वल भविश्यका लागि गान्धी परिवारले त्याग गर्न र लचकता देखाउन सक्छ ।’

काँग्रेसका छत्तिसगढ प्रदेश प्रमुखसमेत रहेका पुनियाले पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय वर्तमान अध्यक्ष राहुल गान्धीको हातमा रहेको उल्लेख गरे । गान्धीले चाहेमा उनले नै गर्ने र उनले नचाहेमा गान्धी परिवारभन्दा बाहिरका नेताबाट पार्टीले नेतृत्व पाउने पुनियाले बताए ।