फैसलामा सुनियोजित गन्ध आयो, संकटबाट नभागौँ: अनिल शर्मा
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समुहका युवा नेता अनिल शर्माले सर्वोच्चको फैसलामा सुनियोजित जस्तो गन्ध आएको बताएका छन् ।
नेकपा दलको नाम ऋषि कट्टेललाई दिएर एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको निर्णयपछि प्रतिकृया दिँदै शर्माले यो फैसला अनपेक्षित मात्रै नभएर सुनियोजित जस्तो गन्ध आउने गरि भएको बताएका छन् ।
उनले पार्टीको नाम जुद्धा त्यसलाई सच्याउन भन्नु संगतिपूर्ण हुने टिप्पणी गर्दै यो निकै दुःखद भएको बताएका छन् ।
नेता शर्माले यसलाई गहिरो गरि मनन गर्दै अझै ब्यापक र बृहत्तर एकताको अभियानमा जुट्न नेतृत्वलाई आग्रह समेत गरेका छन् । उनले यो संकटलाई भागेर होइन डटेर सामना गर्न समेत आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘नाम जुद्धा त्यसलाई सच्याउन भन्नु संगतिपूर्ण कुरा हुन सक्थ्यो तर पार्टी नै नरहने जस्तो गरि फैसला आयो, यो अनपेक्षित मात्रै नभएर सुनियोजित जस्तो गन्ध आउने गरि भएको छ । यो दुःखद छ । फेरि पनि केहि प्रविधिक बिषयले हाम्रा पार्टीका सिंगो सिद्धान्त र मुल्यमान्यता लाई छोप्न सक्तैत । यसलाई गहिरो गरि मनन गर्दै अझै ब्यापक र बृहत्तर एकताको अभियानमा जुटौ ! संकट बाट भागेर होइन डटेर सामना गरौ !’