गुरुङले एकाएक अधिवेशन अन्त्य गरेपछि गण्डकीमा अर्को तयारी - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गुरुङले एकाएक अधिवेशन अन्त्य गरेपछि गण्डकीमा अर्को तयारी



काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धमा अविश्वास प्रस्ताव दर्ता हुने भएपछि उनले एकाएक अधिवेशन अन्त्य गरेका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले उनीविरुद्ध अविस्वास प्रस्ताव ल्याउने तयारी गरेका थिए । गुरुङले हठात् अधिवेशन अन्त्य गरेपछि दलहरू परामर्श गरिरहेका छन्।

हठात् अधिवेशन अन्त्य गरिएपछि विशेष अधिवेशन बोलाउने विषयमा प्रतिपक्ष दलहरुले तयारी थालेका छन् । अहिले समाजवादी पार्टी र कांग्रेसबीच केहीबेरमा छलफल हुँदैछ ।