गण्डकीमा आजै मन्त्रिपरिषद् विस्तार: सबै पुराना मन्त्रीहरूको भाग्य चम्कियो - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

गण्डकीमा आजै मन्त्रिपरिषद् विस्तार: सबै पुराना मन्त्रीहरूको भाग्य चम्कियो



पोखरा- गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले आजै २ बजेपछि मन्त्रिमण्डल विस्तार गर्ने भएका हुन् ।

कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङले मन्त्रिमण्डल बिस्तार गर्न पाएका थिएनन । मंगलबार भएको छलफलपछि उनले पुरै मन्त्रीमंडल विस्तार गर्ने तयारी गरेको बताइएको छ ।

प्रदेशमा आफ्नै पार्टीमा आन्तरिक विरोध भएपछि पुरानै मन्त्रीहरुलाई दोहर्र्याउन लागेको स्र्प्तको दाबी छ । पार्टीको छलफलमा सबैले पुरानै दोहोर्‍याउन सुझाव आएपछि उनी मन्त्रीमंडल विस्तारको लागि तयार भएको बताइएको छ ।

अघिल्लो मन्त्रिमण्डलमा समाजिक विकास मन्त्रालय नरदेवी पुन मगर, पर्यटन विकास लम्साल, आर्थिक तथा मामिला किरण गुरुङ, भौतिक विकास रामशरण बस्नेत र युवा तथा खेलकुद मन्त्रालय राजीव गुरुङ ‘दीपक मनाङे’ ले सम्हाल्दै आएका थिए । अहिले पनि यी मन्त्रीहरू दोहोरिने भएका छन् ।

मुख्यमन्त्री गुरुङविरुद्ध वैशाख २ गते प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । उक्त अविश्वास प्रस्ताव वैशाख १३ गते सभामा पेस भएको थियो । अविश्वास प्रस्तावउपर बैशाख १५ गते मतदान हुने कार्यसूची थियो । तर, मतदान कै दिन जनमोर्चा सांसद खिमविक्रम शाही ‘गायब’ भएपछि मतदान २७ गतेका लागि सरेको थियो ।

अविश्वास प्रस्ताव दर्ता भएका मुख्यमन्त्री गुरुङले बैशाख २६ गते नै पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठन गर्न ७२ घन्टे समयसीमा तोकेकी थिइन् । तर, दिएको समयसीमामा जनमोर्चाका २ सांसद तटस्थ बसिदिएपछि विपक्षी गठबन्धनको बहुमत गुमेको थियो ।