मतगणना शुरू: केहीबेरमा नतिजा आउने
हेटौंडा- राष्ट्रियसभा सदस्यका लागि भएको उप-निर्वाचनको मतगणना सुरु भएको छ। बागमती प्रदेशबाट रिक्त एक पदका लागि भएको मतदान सकिएपछि मतगणना शुरू भएको हो ।
मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको बताइएको छ । प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो ।
प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए।
मतगणना केहि बेरमा सकिएपछि नतिजा आजै सार्वजनिक गरिने बताइएको छ ।