उपसभापतिको मतगणनामा विवाद, पुनः गणना हुनसक्ने
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उपसभापति पदका लागि भएको मतदानको अहिले मत गणना भइरहेको छ । सुरुदेखि नै अग्रता बढाएका शेखर कोइराला प्यानलका उम्मेदवार धनराज गुरुङलाई शेरबहादुर देउवा प्यानलका विजयकुमार गच्छदारले पछि पारेपछि विवाद भएको छ ।
धनराजले मतगणनाको सुरुवातीदेखि नै अग्रता लिँदै आएका थिए । ३५५८ मत गणना भइरहँदा गच्छदारले गुरुङलाई पछि राखेको विवरण निर्वाचन समितिले सार्वजनिक गरेको थियो । गच्छदारले १४४३ मत ल्याएका छन् भने धनराजले १३३७ मत ल्याएका छन् ।
धनराजका एजेन्टले गच्छदारले १४३२ मत मात्र ल्याएको दाबी गर्दै पुनः मतगणनाको माग गरेका छन् । दुई उपसभापतिका लागि सात जना चुनावी मैदानमा छन् ।