गम्भीर छलफल: २०७५ जेठ २ अघिको एमाले मान्ने निर्णय - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

गम्भीर छलफल: २०७५ जेठ २ अघिको एमाले मान्ने निर्णय



काठमाडौं- एमाले विवाद मिलाउन शुक्रबार साँझ प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको वार्ता सकिएको छ ।

सिंहदरबारमा पौने ३ घण्टा चलेको वार्तामा माधव पक्षका नेता भीम रावलले पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको जानकारी गराए ।

‘२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको छ । फेरि तुरुन्तै बसेर वार्ता हुन्छ’ रावलले भने ।

वार्तामा ओली पक्षबाट ओलीसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) र अर्थमन्त्री विष्णु पौडेल थिए ।

नेपाल पक्षबाट नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी थिए । एमालेमा लामो समयदेखि ओली र नेपाल पक्षका बीचमा अन्तरसंर्घष चर्किदै आएको थियो ।