प्रधानमन्त्री र राष्ट्रपतिबीच गम्भीर छलफल: सर्वोच्चले विपक्षमा फैसला गरे के गर्ने ? - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

प्रधानमन्त्री र राष्ट्रपतिबीच गम्भीर छलफल: सर्वोच्चले विपक्षमा फैसला गरे के गर्ने ?



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेट गरेका छन् । आइतबार साँझ भएको भेटमा गम्भीर छलफल भएको बताइएको छ ।

आफू निकट अनेरास्ववियुले आयोजना गरेको सम्वोधनपछि शितलनिवास गएका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग लामो छलफल गरेको स्रोतले बताएको छ ।

संसद विघटनपछि कामचलाउ बनेका प्रधानमन्त्री ओली पछिल्लो परिस्थितिबीच राष्ट्रपतिसँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

स्रोतका अनुसार सर्वोच्च अदालतले संसद विघटनको विपक्षमा निर्णय गरेको खण्डमा के गर्न भन्नेबारे छलफल भएको हो ।

संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले आइतबार नै जवाफ फर्काएका छन्।