बाबुरामले भने- अहिले दीपावली नगरौँ - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

बाबुरामले भने- अहिले दीपावली नगरौँ



काठमाडौँ- उपचारको लागि भारतमा रहेको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले दीपावली नगरेर गम्भीर आत्‍मसमीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । सामाजिक सञ्‍जालमा ट्‍वीटरमा ट्‍‌वीट गर्दै यस्तो बताएका हुन् ।

‘अहिले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने बेला हो ! देश पुस ५ मा फर्केको मात्र छ: यी सबै प्रश्न अनुत्तिरत छन्: भष्मासुरलाई कसले हुर्कायो/पाल्यो ? राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो ? राजनीतिक नेतृत्व यति भ्रष्ट/मूल्यमान्यताविहीन कसरी बन्यो ? त्यसलाई तुरून्तै जनताले पत्याउने कसरी ? मम: भनौं !’ भट्टराईले ट्‍वीट गरेका छन् ।

मंगलबार मात्रै भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेर लोकतन्त्रको रक्षा गरेको बताएका थिए ।

‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खंदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’ उनले ट्‍वीटरमा लेखेका छन् ।