किन अरूलाई गाली मात्र गर्छन् ओली - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

किन अरूलाई गाली मात्र गर्छन् ओली



किङ खनाल

केही समय अगाडी एउटा डाइलग निकै हिट भयो सामाजिक सञ्जाल देखि आम जन जीवनमा ‘यो अलच्छिना सरकार, यो सरकार बनेदेखि दिनहु गाडी पल्टेको छ, दिनहु अनिष्ट भएको छ’ यो डाइलग पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भैरहवाको एक सभामा बोलेको बोली थियो, प्रचण्डको नेतृत्वको सरकारलाई गाली गर्दै उनले बोलेको हु बहु डाइलग ।

मान्छेहरू चियापसल देखि सामान्य गफ सम्म यो अलच्छिना सरकार भनेर ब्यङ्ग गर्थे । यो त एउटा प्रतिनिधि डाइलग मात्र हो, केपी ओलीले सबै भाषणमा कसै न कसैलाई गाली गरिरहेका हुन्छन् । यति सम्म कि उनले कतै बोल्दैछन् भन्ने खबर आयो भने आज कसले गाली खाँदै छ भन्ने जाने हुन्छ । श्रोता दर्शकलाई पनि यस्तो लाग्न थालिसक्यो कि गालीबिनाको ओलीको भाषण भाषण नै भाषण हैन   ।

केपी ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई गाली गर्दै अर्को सभामा भने ‘छौंडा खेलाउने सरकार’। यी दुवै डाइलग पुरातन सोंच राख्ने र रुडीवादीहरिले प्रयोग गर्ने शब्द हुन् । यी र यस्तै शब्दले वास्तवमा ओली कम्युनिस्ट हुन् कि हैनन् भन्ने शङ्का उत्पन्न हुन्छ । कम्युनिष्टहरु रुडिवादी कुराहरूमा विश्वास गर्दैनन, उनीहरू पुरातन सोंच राख्दैनन, उनीहरू बोक्सी र छौंडा जस्ता कुरामा विश्वास गर्दैनन् र कम्युनिष्टहरु आस्तिक पनि हुँदैनन् । यहानिर एउटा गम्भीर प्रश्न बन्छ कि ओली यदी  कम्युनिस्ट हुन् भने पुरातनवादी र रुडीवादी किन बनेका छन् ?

ओलीका इर्द गिर्द घुम्नेहरू उनलाई निकै वैचारिक नेता मान्छन, के यो तरिकाको भाषा प्रयोग गर्ने मान्छे वैचारिक हो वा उनीहरू अनावश्यक चाप्लुसी गरिरहेका छन् ? मेरो बुझाइमा कि त उनीहरू ओलीबाट फाइदा लिन अनावश्यक चाप्लुसी गर्दै छन्, या त केपी ओलीले उनलाई वाह वाहि गर्नलाई एउटा जमात पालेर राखेका छन् या त ती ओलीको बारी परी घुम्नेहरुलाई वैचारिक भन्ने शब्दको अर्थ र भाव नै थाहा छैन । यहानेर अर्को प्रश्न उत्पन्न हुन्छ कि के ओलीले यस्तो जमात लिएर देशलाई निकास दिन सक्लान ? के यो रुडिवादी सोंचले एक्काईसौं सताब्दीमा देशलाई अग्रगामी मोडमा लैजान सक्लान ?

चुनावकालागि बसेको बैठकमा पैसाको विषयले चर्चा पाएको भन्दै बाह्रखरी पत्रिकाले एउटा समाचार निकाल्यो ओलीको विरुद्धमा ‘शेष घलेले दिएको ६ करोड ओलीले हिनामिना गरे’ शीर्षकमा । यो विषयलाई ओलीले निकै कडा रूपमा उठाए, एमाले मुख्यालयमा करिब २० मिनेट भाषण गरे, आफू चोखो बन्न २० मिनेटको भाषणमा कम्तीमा २० पल्ट पत्रकारलाई गालीपानी गरे तर ओलीले तार्किक हिसाबले केही दिन सकेनन् । उनले आफूले कि त हिसाब दिनु पर्थ्यो कि त शेष घलेलाई विज्ञप्ति निकाल्न लगाउनु पर्थ्यो । जे होस् यो विषयमा पनि उनले अरूलाई गाली ब्यैजेती गरेर आफू चोखो बन्ने प्रयास गरे ।

यी बाहेक यस्ता धेरै प्रसङ्ग छन् उनले गरेका गालीको, सायद एउटा पुस्तक नै बन्छ ।

प्रचण्ड र देउवालाई उनले एउटा सभाबाट भने ‘यिनीहरू कोट काट्ने मुसा जस्तै हुन्’ भित्र भित्र कुरा काट्ने बाहिर अर्कै हल्ला गर्ने । ओलीका यी बोलीले लाग्छ गाली बिना उनी भाषण नै गर्न सक्दैनन, बोल्ने सक्दैनन, वा आफ्नो प्रभाव जमाउन सक्दैनन । नत्र अरूलाई गालीमात्र किन गर्ने ? यो अर्को प्रश्न

यहाँ कमजोरी ओलीको मात्र हैन ओलीका अन्ध सपोर्टरमा झन् ठुलो समस्या छ, अरूलाई गाली गर्दा ताली बजाउने, वाह वाहि गर्ने, उचाल्ने र देवत्वकरण गर्नेहरुले ओलीलाई झन् बिगारेका छन् । खास भन्ने हो भने ओलीका वरिपरि केही यस्ता अन्ध सपोर्टर छन् कि उनको बारे केही लेख्यो कि हेल्मेट लगाउनु पर्छ । गाली, बेईजेती देखि थर्काउने र धम्काउनेहरु उत्तिकै छन्, उनीहरू सही र गलत, राम्रो र नराम्रो छुट्टाउन सक्दैनन् बस ओलीको विरुद्धमा केही लेख्यो वा बोल्यो कि उनीहरूलाई पोल्यो ।

केहिदिन अगाडी स्वर्गिय प्रकाश दाहालको निधनको दिन ‘सबै आए तर ओली आएनन’ भन्ने शीर्षकमा एउटा लेख लेखें धम्काउने र थर्काउनेको जमात खडा भयो । त्यहाँ स्पष्ट लेखिएको छ कि “चुनावी सभा सम्मेलन भन्दा प्रचण्डलाई त्यो दिन साथको जरुरी थियो, चुनावी सभालाई अरूले सम्बोधन गरे पनि हुन्थ्यो तर प्रचण्डलाई त्यो दिन ओलीको जरुरत थियो” भनेर तर बुझ्दै नबुझी, पढ्दै नपढी शीर्षक मात्र हेरेर धेरैले गाली गरे, कसैले त फोनमै धम्की पनि दिए ।

यहाँबाट के थाहा हुन्छ भने ओलीले जे गर्दा पनि साथ दिने, आलोचना गर्न नसक्ने, यो गलत भयो भन्न नसक्ने, चाप्लुसी गर्ने, गोडा मोल्ने र अनावश्यक देवात्वकरण गर्नेहरुनै हुन् ओलीलाई बिगार्ने, अरूलाई गाली गर्न उक्साउने र गलत बोल्न प्रेरणा दिने ।