पार्टी एक हुने संकेत गर्दै मन्त्री ज्ञवालीले भने: गाली गर्न बन्द गरौँ - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

पार्टी एक हुने संकेत गर्दै मन्त्री ज्ञवालीले भने: गाली गर्न बन्द गरौँ



काठमाडौं- परराष्ट्रमन्त्री तथा केपी ओली समुहका प्रवक्ता प्रदीप ज्ञवालीले भोली सबै मिल्नैपर्ने भएकाले अहिले एकअर्कालाई खुइलाउने काम बन्द गर्न आग्रह गरेका छन् ।

ज्ञवालीले अहिले छुट्टिए पनि प्रचण्ड र माधव कुमार नेपाल सहितका सबै नेताहरू कुनै न कुनै बिन्दुमा मिल्नुपर्ने र सँगै हिड्नुपर्ने भएकाले एकार्कालाई गालीगलौज नगर्न आग्रह समेत गरे । उनले नेताहरूलाई गालिगलौज नगर्न पनि कार्यकर्तालाई आग्रह गरेका गरे।

अखिल नेपाल महिला संघ केन्द्रिय कमिटिको दोस्रो बैठकमा सहभागी महिला नेताहरुलाई सम्वोधन गर्दै प्रचण्डप्रति आक्रामक देखिएका ज्ञवालीले प्रचण्डकै कारण पार्टीमा यस्तो अवस्थाको सृजना भएको बताएका थिए ।

महाधिवेशनमा जान नसक्ने तर प्रधानमन्त्रीको कुर्सी चाहिने प्रचण्डको लोभका कारण पार्टी एकता भंग भएको भन्दै उनले प्रचण्डको षडयन्त्र खतरनाक भएको समेत बताए । उनले प्रचण्ड समुहले राष्ट्रपतिविरुद्ध पनि महाअभियोगको योजना बनाएको बताएका थिए ।

उनले लिपुलेक लिम्पियाधुरा कालापानी लगायतका क्षेत्र नेपालको नक्सामा समेटिएला भनेर कसैले पनि कल्पना नगरेको तर कसैले गर्न नसकेका त्यस्ता काम ओलीको नेतृत्वमा भएको बताए ।