बुटवलकाे ग्यालेक्सी क्याफे र बिगपटमा प्रहरीको छापा ,२७८ युवायुवती नियन्त्रणमा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

बुटवलकाे ग्यालेक्सी क्याफे र बिगपटमा प्रहरीको छापा ,२७८ युवायुवती नियन्त्रणमा



बुटवल :बुटवलकाे ग्यालेक्सी क्याफे  र बिगपटमा प्रहरीले छापा मारेकाे छ ।

साे क्रममा १८ बर्षमुनिका २ सय ७८ युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

बार संचालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे हाे । नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

मिलनचाेककाे ग्लालेक्सी र श्रवणपथमा रहेकाे विटफुडबाट उनीहरु नियन्त्रणमा परेका हुन् ।

स्थानीयकाे गुनासाे अाएपछि छापा मारिएकाे इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनुभयो ।

हुक्का बारमा आएका युवा युवती ९ बर्षदेखि १८ भित्रैका रहेकाले उनीहरुका सम्वन्धमा अध्ययन भइरहेको छ ।

उनीहरु मध्ये केहिले मादक पदार्थ सेवन गरेकाे मल्लले बताए ।