अन्तत: गले ओली: रावलको चाहनाअनुसार चुनाव गर्न तयार - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

अन्तत: गले ओली: रावलको चाहनाअनुसार चुनाव गर्न तयार



काठमाडौँ – नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा अन्तत: पार्टी अध्यक्ष केपी शर्मा ओली गलेका छन् । उनले उपाध्यक्ष भीम रावलको मागअनुसार निर्वाचन गर्न तयार भएका छन् ।

नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए केपी शर्मा ओली चुनावमा जान तयार देखिएका छन् । एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमतिबाहेकका पदका लागि चुनाव गर्न तयार देखिएका हुन् ।

ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहेका छन् । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने मनस्थिति बनाएको स्रोतले बताएको छ ।