गेल बने विश्वकपमा सर्वाधिक छक्का हान्ने खेलाडी - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

गेल बने विश्वकपमा सर्वाधिक छक्का हान्ने खेलाडी



काठमाडौं – वेष्ट इण्डिजका विस्फोटक खेलाडी मानिने क्रिस गेलले विश्वकप क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । उनि विश्वकप क्रिकेटमा सर्वाधिक छक्का हान्ने खेलाडी बनेका छन्।

विश्वकपमा शुक्रबार पाकिस्तानविरुद्ध हसन अलीलाई एकपछि अर्को छक्का प्रहार गर्दै ३९ छक्का पुर्याएका उनले पूर्व दक्षिण दक्षिण अफ्रिकी कप्तान एबी डिभिलियर्सको नाममा रहेको सर्वाधिक छक्काको कीर्तिमान भंग गरेका हुन्।

एबी डिभिलियर्सले विश्वकप करिअरमा ३७ छक्का प्रहार गरेका थिए। अष्ट्रेलियाका पूर्वकप्तान रिकीं पोन्टिंङले विश्वकपमा ३१ छक्का प्रहार गरेका छन्।

वेष्ट इंण्डिजका ओपनर गेलले एकदिवसीयमा ३१५ छक्का प्रहार गरिसकेका छन्। एकदिवसीयमा सर्वाधिक छक्का हिर्काउँने कीर्तिमान भने पाकिस्तानका साहिद अफ्रिदीको नाममा छ। अफ्रिदीले ३५१ छक्का प्रहार गरेका छन्।

विश्वकप अघि भएको आइपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो खेलाडीका रुपमा क्रिस गेलले कीर्तिमान राखेका थिए।

२०१५ को विश्वकपमा गेल दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए।