क्रिस गेलको खुलासा : को बन्दैछन कोहलीपछी कफ्तान ? - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

क्रिस गेलको खुलासा : को बन्दैछन कोहलीपछी कफ्तान ?



एजेन्सी -वेस्ट ईण्डिजका विसफोटक व्याट्सम्यान क्रिस गेलले लोकेश राहुलको खुलेर प्रशंसा गरेका छन्। गेलले राहुलसँग अर्का भारतीय खेलाडी तथा कप्तान विराट कोहलीले हासिल गरेको उपलब्धीको बराबरी गर्ने क्षमता उनमा भएको बताएका छन्।

‘जब तपाई भारतीय ब्याट्सम्यानको कुरा गर्नुहुन्छ तब केएल राहुल मेरो दिमागमा आउने त्यस्ता एक खेलाडी हुन्। आशा छ उनी विराट कोहली जस्तै शानदार खेलाडी बन्नेछन्। विराटपछि टोलीको दायित्व उनले उठाउनुपर्छ’, गेलले भने।

हाल राहुल आफ्नो करियरको मुश्किल समयबाट बाहिर आइसकेका छन्।

केहि महिना पहिले उनले अस्ट्रेलियामा भएको टेस्ट म्याचमा गरेको खराब प्रदर्शन गरे। त्यसपछि एक टिभी शोमा महिला विरोधी टिप्पणी गरेका कारण नलम्बित भए। यी कुरालाई छायाँमा पार्ने गरी हाल राहुलले आइपिएलमा शानदार प्रदर्शन गरिरहेका छन्। उनले जारी सिजनमा गेलसँग पंजाबका लागि सबैभन्दा खतरनाक जोडी भएका छन्।

त्यस्तै गेलले राहुललाई दबाब नलिइकन खेल्न सुझाव पनि दिएका छन्।

‘बिना कारण उनले दबाब लिन हुँदैन। आफूमा भरोसा राख्नुपर्छ र कुनै पनि प्रतिष्पर्धाको भावनाबाट मुक्त हुनुपर्छ’, पाँचौ विश्वकप खेल्न तयार रहेका ३९ वर्षिय गेलले भने, ‘भारतमा प्रतिभाहरूको कमी छैन। धेरै खेलाडीले त खेल्ने मौका नै पाउँदैनन्।’

जारी आईपिएलमा गेलले शानदार खेल देखाइरहेका छन्। उनले हालसम्म १० म्याचबाट ४४४ रन बनाइसकेका छन्।

पंजाबले गेललाई आधारमूल्यमा किनेको हो। उनले आफ्नो पंजाबसँगको २ वर्षको समय शानदार रहेको पनि बताएका छन्।

‘पंजाबसँग २ वर्षको समय शानदार रह्‍यो। मलाई पङजाबको तरिका मनोपर्छ। म शानदार मान्छेहरूसँग काम गरिरहेको छु र आशा छ उनीहरूका लागि केहि खास गर्नेछु। हाम्रो लक्ष्य प्लेअफमा स्तान पक्का गर्दै त्यसबाढ अगाडी बढ्नु हो’, गेलले बताए।