सन्यास जीवनबारे क्रिस गेलले गरे नयाँ खुलासा - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सन्यास जीवनबारे क्रिस गेलले गरे नयाँ खुलासा



एजेन्सी – विश्व क्रिकेटका बोसका रुपमा चिनिएका क्रिस गेलले आफ्नोबारे नयाँ खुलासा गरेका छन् । उनले वेष्टइण्डिजका लागि खेलेर विताएको समयमा भरपुर आनन्द लिएको लिएको बताउँदै विश्वकप २०१९ पछि आफ्नो भविष्यबारे पनि बताए ।

क्रिस गेलको आत्मविश्वासमा केहि पनि कमी देखिएको छैन । जब उनलाई क्यारेबियन क्रिकेटको महान क्रिकेटको सूचीमा आफूले कहाँ राख्नुहुन्छ भन्ने सोधियो, उनको जवाफ देखावटी थिएन । उनले क्यारिबियन क्रिकेटरका रुपमा आफूले के पाए भन्ने स्मरण गरे ।

साथै विश्वकप २०१९ पछि आफ्नो भविष्यबारे पनि बताए । उनले संकेत थियो, उनको खेल जीवन अझै केही समय लम्ब्याउन सकिनेछ ।

गेलले भनेका छन्, ‘म पनि महान क्रिकेटरमा पर्छु, यसमा कुनै शंका छैन । मैले जीवनको हरेक क्षण वेष्टइण्डिजका लागि खेलेर विताएको छु र आनन्द पनि लिएको छु । तर यो यात्रा अझै टुंगिएको छैन ।’

‘मलाई अझै केही खेल खेल्नुछ । विश्वकपपछि मेरो योजनाको कुरा गर्नुहुन्छ भने म शायद भारतविरुद्ध टेष्ट म्याच खेल्छु र त्यसपछि भारतसँगै हुने वन डे सिरिज पक्का खेल्छु । तर टी–२० क्रिकेट छोड्छु ।’

उनले अघि भने, ‘यो तीन खेल (विश्वकपमा वेष्टइण्डिजका बाँकी खेल) मा शतक पनि हान्न चाहन्छु तर, यस्तो नभए पनि कुनै गुनासो गर्दिनँ वा मन दुखाउँदिनँ ।’

गेलकाअनुसार उनी यो विश्वकपको सेमिफाइनल खेल्न मात्र होइन, ट्रफी नै जित्न चाहन्थे तर यो सम्भावना अब निकै कठिन छ । वेष्टइण्डिजले बिहीबार भारतविरुद्ध ओल्ड ट्राफर्डमा खेल्नेछ र विश्वकपको अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्न यो मात्र होइन, बाँकी दुई खेल पनि जित्नुपर्छ । यसका साथै अरु टिमको खेलमा पनि भर पर्नुपर्छ ।

३९ वर्षीय गेल मान्छन् कि वेष्टइण्डिजका क्रिकेटको भविष्य राम्रो छ र निकोलस पोरन यसलाई पूरा गर्ने क्रिकेटर हुन् । पोरनको क्रिकेटबाट प्रभावित गेल भन्छन्, यस्ता युवा टिममा पर्दा खुशी छु ।’