गलैँचा बेच्ने कम्पनीलाई स्वास्थ्य सामग्री आयात गर्ने ठेक्का दिएपछि के हुन्छ ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गलैँचा बेच्ने कम्पनीलाई स्वास्थ्य सामग्री आयात गर्ने ठेक्का दिएपछि के हुन्छ ?



काठमाडौं- गलैँचा, तयारी पोसाक तथा गाडीका पार्टपुर्जा आयात गर्ने, सामग्री आयात गर्ने तथा सफ्टवेयर उत्पादन गरी निर्यात गर्ने भनेर सञ्चालित कम्पनीले मेडिकल सामग्री आयात गर्ने ठेक्का पाएपछि के हुन्छ ? त्यही हुन्छ जो अहिले देशमा भइरहेको छ।

देश स्वास्थ्य विपतमा भएको वेला पनि आर्थिक स्वार्थमा लागेका नेता तथा अधिकारीका कारण स्वास्थ्यसँग साइनो नभएको कम्पनीले विनाप्रतिस्पर्धा ठेक्का पायो जसको परिणाम देश अहिले अत्यावश्यक सामग्रीविहीन अवस्थामा छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

तुलहरि सिंह भनेर अहिले मिडियामा चर्चामा आएका ठेकेदारको खास नाम तुलबहादुर सिंह हो, उनी र हरि सुमन ओम्नी इन्टरनेसनलका सञ्चालक हुन् । त्यस्तै, प्रकाश केसी, पारस केसी र सुमन सिंह सो कम्पनीका लगानीकर्ता हुन् ।

उनीहरूले मुख्यतः गलैँचा तथा तयारी पोसाक आयात गर्ने उद्देश्यले कम्पनी सुरु गरेका थिए । गाडीका पार्टपुर्जा आयात गर्ने, सफ्टवेयर उत्पादन गरी बिक्री गर्ने र खाद्यान्नसमेत आयात–निर्यात गर्ने अनुमति सो कम्पनीले पाएको छ।

तर, स्वास्थ्यसम्बन्धी औषधि वा उपकरण आयात गर्ने स्वीकृति नै नपाएको सो कम्पनीलाई ठेक्का दिएर सरकारले कानुन मात्र होइन, जनस्वास्थ्यमा पनि गम्भीर खेलबाड गरेको छ।