पूर्वपत्नी मीना ढकालविरुद्ध कानुनी लडाईं लड्ने मनोज गजुरेलको तयारी - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

पूर्वपत्नी मीना ढकालविरुद्ध कानुनी लडाईं लड्ने मनोज गजुरेलको तयारी



चर्चित हाँस्य कलाकार मनोज गजुरेल तीन वर्षअघि सम्बन्ध विच्छेद गरेकी पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी उपचार खोज्ने भएका छन् । मिना ढकालले आफूविरुद्ध गाली बेइज्जती गरेको भन्दै गजुरेलले कानुनि लडाई लड्ने जाने चेतावनी दिएका छन्।

गजुरेलविरुद्ध विभिन्न माध्यमबाट मिना ढकालले गाली बेइज्जती गरिरहेको र त्यसको असर आफ्नो परिवारसम्म परेको भन्दै गजुरेलले अब सहन नसक्ने भन्दै यस्तो चेतावनी दिएका छन् ।

सोमबार सामाजिक संजाल फेसबुकमा लेख्दै गजुरेलले भनेका छन्, ‘सहनुको सीमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु।’

पारपाचुकेपछि दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप धेरै सहेपनि अब नसहने उनले उल्लेख गरेका छन्।

त्यस सँगै उनले कतिपय सञ्चारमाध्यमले आफूलाई तनाव दिने गरी समाचार सम्प्रेशण गरेको भन्दै ‘पत्रकारिताको नियम याद गर्न, अन्यथा भोलि कानुनी झण्झट ब्यहोर्नुपर्ने अवस्था आउनसक्नेतर्फ’ सचेत गराएका छन्।

तीन वर्षअघि कानुनी रुपमा सम्बन्ध विच्छेद गरेका गजुरेलले दोस्रो विवाह गर्नेबारे दिएको अभिव्यक्तिप्रति पूर्वपत्नी मिनाले कटाक्ष गरेकी थिइन्। उनको भनाई अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।