राष्ट्रिय जनावर गाईको संरक्षण गर्नुपर्छ :डा. शेखर कोइराला - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

राष्ट्रिय जनावर गाईको संरक्षण गर्नुपर्छ :डा. शेखर कोइराला



मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्ने साथै लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले धर्म र राजनीति अलगअलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको पनि बताउनुभयो ।

अर्काे प्रसंगमा कोइरालाले पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्ने भन्दै कांग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सके मात्र पार्टी सुदृढ र बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।