गाईगोरु पाल्नुहुन्छ भने अब दर्ता गर्नुपर्छ - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

गाईगोरु पाल्नुहुन्छ भने अब दर्ता गर्नुपर्छ



बुटवल—गाईगोरु पाल्नुहुन्छ भने अब दर्ता गर्नुपर्छ । उनीहरूको जन्म–मृत्युसहित जीवनका घटना नगरपालिकामा टिपाउनुपर्छ । किनबेच गरेको समेत जानकारी दिनुपर्नेछ ।

तिनको घटना दर्ताका लागि तिलोत्तमा नगरपालिकाले ‘एप्स’ डिजाइन गर्दै छ । त्यसमा किसानको नाम र पालेका गाईको विवरण लेखिनेछ ।

गाई ब्यायो, किनबेच र्गयो वा र्मयो भने वडा कार्यालयमा गएर सूचना दिने व्यवस्था हुनेछ । दर्ता गरेकै दिन प्रोत्साहन रकम दिइनेछ । साताभित्र घटना दर्ता गर्ने किसानलाई नगरपालिकाले प्रोत्साहनस्वरूप प्रतिपशु ३ सय रुपैयाँ दिने भएको छ ।

समयमा दर्ता नगर्नेलाई जरिवाना लाग्छ । ‘त्यो जरिवाना नभई सुविधा खोस्ने हो,’ मेयर वासुदेव घिमिरेले भने, ‘गाईको जन्मदर्ता, बसाइँसराइ र मृत्यु दर्ता नगर्ने किसानको बिमा, घाँस, उपचारलगायत सुविधा काटिनेछन् ।’

नगरपालिकाले पशु बिमा गर्दा ५० प्रतिशत रकम सुविधा पनि दिने भएको छ । थारा गाई तथा बाछा सडकमा छाड्ने प्रवृत्ति बढेपछि नगरपालिकाले घटना दर्ता अभियान चलाएको हो । ‘यसबाट नगरका गाईगोरुको यकिन तथ्यांक निस्किनेछ,’ उनले भने, ‘सडकमा कसले छाड्यो भनेर पत्ता लगाउन र कारबाही गर्न सहज हुनेछ ।’, कान्तिपुरमा खबर छ ।