गाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ



कैलाली । गाईलाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

कैलालीको लम्की चुहा नगरपालिका २ मोतिपुरबाट जिल्लाको जानकी गाउँपालिका ५ खरगुहारका सनम चौधरी (नाम परिवर्तन)लाई स्थानीयले गौ करणीको आरोपमा पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।

बुधवार राति गाइगोठमा भेटिएका चौधरीलाई गाई करणी प्रयास गरेको आशंकामा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जैशीले बताए । उनले भने, करणी नै गरेको जस्तो त देखिदैन । पक्राउ परेका चौधरीले मापसे गरेको र रातिको समयमा गाई मालिक मोतिपुरका पदम बुढाको घरमा गएको रहेछ ।

स्थानीयले राति नै नियन्त्रणमा लिई कुटपीट गरेको देखिएको छ । प्रहरी निरीक्षक जोशीका अनुसार गाई बलात्कार गरेको आधार नभेटेका कारण उनी माथि सार्वजनिक मुद्दा दायर गरिएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली चलान गरिएको पनि जोशीले बताए ।