कोरोनाको कारण भातरमा गोबर र गहुँत प्रतिकिलो ८ सय रुपैयाँ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कोरोनाको कारण भातरमा गोबर र गहुँत प्रतिकिलो ८ सय रुपैयाँ



एजेन्सी- भारतमा कोरोना भाइरस फैलिएसँगै गाईको गोबर र गहुँत बिक्रि मात्र होइन अत्यधिक मुल्यमा बिक्रि हान थालेको छ ।

इकोनोमिक टाइम्सका अनुसार पश्चिम बंगाल आसपास क्षेत्रमा गोबर र गहुँत ८०० रूपैयाँ किलो-लिटरमा बेचिएको छ।

डेरी व्यवसाय गर्दै आएका स्थानीय मावुद अलीका अनुसार कोरोना भाइरसको संक्रमणबाट बचिने भन्दै गोबर र गहुँत किन्न आउनेको संख्या बढ्दो छ।

संसारभर फैलिरहेको कोरोना संक्रमण रोक्ने भन्दै अनेक भ्रम फैलिएका छन्। मान्छे पिरो, रक्सी खानेदेखि गहुँत वा गोबरसम्मको पुगिसके। तर विश्व स्वास्थ्य संगठनले गरेकाे अध्ययनमा यी सबै भ्रम हुन्। यी कुरा खाँदा कोरोना संक्रमण नहुने भन्ने कुनै आधार वा पुष्टि छैन। यी सबै मान्छेले नै फैलाएका भ्रम मात्र भएका संगठनले बारम्बार भन्दै आएको छ।

तर रोगको त्रासले मान्छेलाई अनेक गराउँछ। भारतको राजधानी दिल्लीमै तीन दिनअघि हिन्दू अभियन्ताहरूले गहुँतले कोरोना संक्रमणबाट बचाउने भन्दै गहुँत पिउने कार्यक्रम गरेका थिए।

पश्चिम बंगालका अलीलाई पनि गहुँत र गोबर बेच्ने उपाय यही गहुँत ‘पार्टी’बाट फुरेको बताएका छन्।

उनले आफ्नो पसल अगाडि गोबरका प्याकेट र बट्टामा गहुँत बेच्न राखेका छन्। ‘गहुँत पिउनुस्, कोरोना भाइरस भगाउनुस्,’ उनको पसलअगाडि टाँसिएको पोस्टरमा लेखिएको छ।

अलीका अनुसार उनका घरमा दुइटा गाई छन्। एउटा स्थानीय भारतीय जातको र एउटा जर्सी गाई। उनी यिनै गाईको दूध बेचेर गुजारा चलाउँछन्।

‘जब मैले टिभीमा गहुँत पार्टी भएको खबर हेरेँ, मलाई लाग्यो मैले पनि अब गहुँत र गोबर बेचेर नाफा कमाउन सक्छु,’ अलीका भनाइ उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ।

उनको पसलमा भने अन्तभन्दा सस्तोमा गोबर र गहुँत बेचेको बताउँछन्। उनले पाँच सय रूपैयाँ हाराहारीमा बेचिरहेका छन्।