दुई ब्यक्तिको स्वार्थको लागि ३ करोड जनतामाथि ओलीले घात गरे: गगन थापा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

दुई ब्यक्तिको स्वार्थको लागि ३ करोड जनतामाथि ओलीले घात गरे: गगन थापा



नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उनले डाक्टर केसीले उठाएको माग व्यक्ति केन्द्रित र कुनै दल केन्द्रित नभएको भन्दै माग सम्बोधनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले डाक्टर गोविन्द केसी सत्यको पक्षमा उभिएको पात्र भएको भन्दै भने, “उहाँको स्वास्थ्य बिग्रिएको छ। उहाँलाई चिन्नुहोस्, कुनै झण्डा उहाँसँग छैन। कुनै लोभ छैन। स्वार्थ छैन। केबल नसा छ। त्यो नसा नेपालको चिकित्सा शिक्षा सुधार गर्ने नसा। त्यो नसा कसैले नजरअन्दार गरेर उत्रंदैन। कसैले तर्साएर पनि उत्रंदैन। उहाँको माग सम्बोधन गरौं। नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न तयार छ। यसलाई छलफलको विषय नबनाऔं।”

उनले एउटा दुईवटा व्यक्तिको स्वार्थको विषयलाई छोडेर शिक्षामन्त्री र प्रधानमन्त्री अघि बढ्ने हो भने चिकित्सा शिक्षा विद्येयक पास गर्न कांग्रेसले सघाउने बताए।