गगनले डा केसी र डिनलाई छुट्टाछुट्टै भेटे
काठमाण्डौ ,
स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज शिक्षण अस्पतालमा सत्र दिन देखी अनसनरत डा गोबिन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिहसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्था बारे जानकारी लिई समस्या समाधानका लागि आफुले उच्चस्तरीय राजनीतिक तहमा कुरा राख्ने बताउनुभयो ।
डा केसी सत्र दिनदेखी चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिहको खारेजी लगाएतका माग राख्दै अनसनमा छन।
तस्बिर:- जिबन भण्डारी