गगन थापा भन्छन: सरकारले भनेको जनताले माने, अब सरकारको काम के हो ? - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

गगन थापा भन्छन: सरकारले भनेको जनताले माने, अब सरकारको काम के हो ?



काठमाडौँ– सांसद तथा नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले के गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्।

थापाले प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्वोधन गर्ने तयारी गरेकै बेला यस्तो प्रश्न गरेका हुन् ।

उनले सरकारले निरन्तर लागु गरेको लकडाउन जनताले मानिरहेको भन्दै अब सरकारले गर्ने काम कुरिरहेको बताएका छन्।

लकडाउनबारे जनता सचेत रहेको भन्दै सरकारलाई पुर्ण सहयोग गरेको थापाको भनाई छ।

सरकारले दोस्रोपटक लकडाउनको म्याद थपेसँगै थापाले भनेका छन्- तर यो अवधिमा सरकारले चाहिँ के गर्नु पर्छ?के गर्ने हो?

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गर्ने भनिएको सम्बोधनबाट आफुले यी प्रश्नको जवाफ चाहेको बताएका छन्।

लगातारको लकडाउनसँगै जनतामा आर्थिक संकट गहिरि रहँदा सरकारले प्रत्यक्ष महसुस हुनेगरि राहतका प्याकेज ल्याउनुपर्ने माग चौतर्फी उठेको छ।