गगन थापाले प्रधानमन्त्री ओलीलाई भने: 'आफै चोर आफ्नै ठुलो स्वर ?' - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

गगन थापाले प्रधानमन्त्री ओलीलाई भने: ‘आफै चोर आफ्नै ठुलो स्वर ?’



काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफै गल्ती गरेर अरूलाई दोष थोपरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर सामाजिक सञ्जालमा टिप्पणी गर्दै आफै चोर भएर ठुलो स्वर गर्न नसुहाएको समेत बताएका छन् । थापाले अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने ओली आफै भएको समेत आरोप लगाएका छन् ।

थापाले भनेका छन्, ‘प्रधानमन्त्री ओलीले गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तर खवरदारी गर्नेहरूलाई धम्की दिने गरेको समेत आरोप लगाएका छन् ।

उनले अगाडी छन्, ‘वाह पिएमनेपाल ज्यू ! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं१गर्नु पर्ने नगर्ने,देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं१ अनि धम्की ति खवरदारी गर्नेहरूलाईरुजो चोर उसैको ठूलो स्वर।कोही तर्सनेवाला छैन यो धम्कीबाट,’ उनले ट्वीट गर्दै भनेका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको ओलीले आरोप लगाएका थिए।

ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन भन्दै धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका थिए।

थापाले महामारीको मौका छोपेर आफ्नो स्वास्र्थका लागि अस्थिरताको खेल खेल्ने अनि खबरदारी गर्नेहरुलाई धम्की दिएको भन्दै प्रश्न गरेका छन्–जो चोर उसैको ठूलो स्वर ?