गगनमाथि बम र ओली आक्रमण एकसाथ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गगनमाथि बम र ओली आक्रमण एकसाथ



काठमाडौं-

चुनावी कार्यक्रमको सिलसिलामा मङ्सिर १८ गते दिउसो चपलीमा गगन थापामाथि योजनाबद्ध रूपमा बम आक्रमण भयो । थापासहित केही कार्यकर्ता घाइते भए २ जना कार्यकर्ताको अवस्था गम्भीर बन्यो । घटना कसले घटायो भन्ने नखुले पनि बम काण्डमा संलग्न केहीलाई प्रहरीले गिरफ्तार पनि गर्‍यो । चुनाव हुन नदिन विप्लव माओवादीले बम आतङ्क मच्चाएपनि देशभरका घटनाको प्रकृति हेर्दा संकास्पद देखिन्छ ।

गगन थापालाई नै लक्षित गरेर गरिएको आक्रमणको घाउमा पट्टि लगाउन नपाउँदै एक चुनावी सभाबाट केपी ओलीले गगन माथि फेरी आक्रमण गर्न भ्याए । वाम गठबन्धनबाट गगन थापाका प्रतिस्पर्धी बनेका राजन भट्टराईलाई भोट माग्दै ओलीले गगनमाथि बम र बारुदले भरिएका शब्द प्रहार गरे । ओलीले गगनलाई सेलिब्रेटी हरुको राजनीतिमा काम छैन भन्दै होंच्याएका थिए ।

ओलीले भने  गगन नेता होईनन सेलिब्रेटी हुन् सेलिब्रेटीको काम राजनीति गर्ने होइन विज्ञापन गर्ने हो । कारको विज्ञापनमा फोटो खिचाउने र विज्ञापन गर्ने भन्दा अरू काम सेलिब्रेटीले गर्न नसक्ने भन्दै राजन भट्टराईको तारिफ गर्न सम्म भ्याए ।

हरेक भाषणमा कोही न कोहीलाई होच्याएर बोल्ने ओलीले हिजोको सभामा गगनलाई निशाना बनाए । दुवै तर्फबाट आक्रमण भएपछि केहीले त उनीमाथि बम आक्रमण पनि ओलीकै समर्थकले गरे कि भन्ने अनुमान पनि गरे । घटना लगत्तै अस्पतालमा गगनलाई भेट्न पुगेका गगनकै प्रतिस्पर्धी डा राजन भट्टराई हुललाई छिचोल्न सकेनन् र गगनलाई भेट्न पनि सकेनन् । बरु रुष्ट बनेका गगनका समर्थकबाट धकेलिए । यसो गरिनु उचित थिएन उनी आफ्ना पर्तिस्पर्धि भन्दा पनि मानवताको दृष्टिले भेट्न गएका थिए ।

एकातिर बम आक्रमणमा पर्नु र अर्कोतिर ओलीको बोली आक्रमणमा पर्नु उनको लागि सहज थिएन तर पनि गगनले ओलीलाई र बम आक्रमण गर्नेलाई तुच्छ गाली गरेनन । उसो त गगन थापाले अरूलाई तुच्छ गाली गर्ने र होच्याएर बोल्ने गर्दैनन् पनि । ओली र गगनलाई बोलीको आधारमा त तुलना समेत गर्न सकिन्न ।

बम आक्रमणमा परेका गगनलाई सामान्य सहानुभूतिका २-४ शब्द खर्चिन सम्म ओलीले सकेनन् । आफ्नो छेत्रमा राम्रो छवि बनाएका गगन थापालाई तुच्छ गाली गर्नुको सट्टा सहानुभूतिका दुई चार शब्द खर्चिन सकेको भए ओलीले आफ्नो उचाइमा अझै बढी इट्टा थप्न सक्थे ।