गगन थापाले निर्वाचन आचार संहिता उल्लङ्घन गरेपछि... - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

गगन थापाले निर्वाचन आचार संहिता उल्लङ्घन गरेपछि…



काठमाडौँ-

नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापाले निर्वाचन आचार संहिता उल्लङ्घन गरेका छन् । ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा उपस्थित हुँदा उनले आचार संहिता उल्लङ्घन गरेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक कार्यक्रम तथा प्रचार प्रसारमा पार्टीका झन्डा बाहेकका वस्तुहरू प्रदर्शन गर्न बन्देज लगाएको छ तर, गगन थापाले उक्त कार्यक्रममा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित ब्याच लगाएर प्रस्तुत भएका छन् ।
गगन थापा आफै कानुन र नियमको पालना गर्ने वकालत गर्दै आएका नेता हुन, उनीबाटै नियमको उल्लङ्घन भएपछि निर्वाचन आयोगले कस्तो कारबाही गर्छ त्यो भने हेर्न बाँकी छ ।

यसबारे हामीले निर्वाचन आयोगका प्रवक्तासंग नवराज ढकाल सँग बुझ्दा उनले उजुरी परेको खण्डमा स्पष्टीकरण लिईने उपयुक्त जवाफ नआएमा जरिमाना वा उम्मेदवारी खारेज सम्मको कारबाही गर्न सक्ने बताए

निर्वाचन आचार संहिताको उल्लङ्घन गर्दा यसअघि केही नेतालाई आयोगले स्पष्टीकरण मागिसकेको छ,

हिमालयन टेलिभिजन बाट आइतबार राति प्रसारित धमलाको हमलामा थापाले आचार संहिताको उल्लङ्घन गरेका हुन् ।