गगन थापा पार्टी प्रवक्तामा मनोनित - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

गगन थापा पार्टी प्रवक्तामा मनोनित



काठमाडौं/कात्तिक ९ 

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी प्रवक्ता मनोनयन गरेका छन्।

लामो समयदेखि रिक्त रहेको प्रवक्तामा सभापति देउवाले काँग्रेस नेता तथा पूर्वमन्त्री गगन थापालाई मनोनयन गरेका हुन्।

केहि दिन अघी पार्टी प्रवक्ता वन्न देउवाले थापालाई औपचारीक आग्रह गरेका थिए।

सभापति देउवाको प्रस्तावका बिषयमा उनले काठमाडौंको एक कार्यक्रममा जानकारी गराएका थिए।

सभापति देउवाको प्रस्तावलाई सकारात्मक रुपमा लिएका थापाले बिहिवार प्रवक्ताको जिम्मेवारी लिएका हुन्।

पार्टीको महाधिवेशनमा महामन्त्रीमा प्रत्यासी भएका थापा त्यसयता सभापति देउवाले केन्द्रीय समितिमा मनोनययन गरेका थिए।

यसअघी नेपाली काँग्रेसको प्रवक्तामा दिलेन्द्र वडु थिए। त्यसयता भने प्रवक्ता नियुक्त भएको थिएन।