गगन थापा भन्छन् - यो इतिहासको सानो घटना होइन - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

गगन थापा भन्छन् – यो इतिहासको सानो घटना होइन



काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको व्यवहार कुस्ती खेलाडीजस्तो भएको टिप्पणी गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा प्रयोग गरेको भन्दै त्यसको विरोध जनाएका छन्।

‘तिमीले प्रयोग गर्यौ। त्यसकारणले गर्दा मैले पनि प्रयोग गर्छु। मसँग कुस्ती खेल्ने हो?’ भन्ने ढंगबाट प्रधानमन्त्री संसदमा प्रस्तुत भएको उनले टिप्पणी गरे। त्यसैगरी सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको नेता थापाको आरोप छ।

प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भूमिकाबिहीन अवस्थामा रहेको बताए।

प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिलाई छोडेर अन्यको जवाफ दिन्छु भनेपछि आफूहरूले नियमापत्ति गर्दै असंसदीय भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउन रुलिङ गर्न माग गर्दा उल्टै प्रधानमन्त्रीकै जवाफलाई निरन्तरता दिएर सभामुखले आफ्नो निरिहता देखाएको टिप्पणी उनले गरे।

बैठकपछि संघीय संसदभवनमा संचारकर्मीसँग संंक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले सभामुख सभामुखको भूमिकामा नभई प्रधानमन्त्रीको आदेश पालक बनेको दाबी गरे।

उनले भने, ‘फेरि एक पटक संसदको सभामुख सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएको छैन। व्यवस्थापिकाको प्रमुख भएर होइन कार्यपालिकाको छाया प्रधानमन्त्रीको आदेशपालकको रुपमा उहाँको भूमिकामा रहनुभएको छ भन्ने पुर्नपुष्टि गर्नुभएको छ।’

नेपालको संसदीय इतिहासम मै नभएको घटना मंगलबार संसदमा देखिएको भन्दै उनले त्यसबारे पार्टीले गम्भीर छलफल गर्ने बताए।

उनले भने, ‘सरकारले कुनै पनि निकायको मान राख्दैन भन्ने थप पुष्टि भएको छ। यसबारे हामी छलफल गर्छौं। तर, यो समान्य घटना होइन। आज जुन घटना भयो, प्रधानमन्त्रीले जस्तो व्यवहार गर्नुभयो, सभामुख जसरी निरिह हुनुभयो, यो नेपालको संसदीय इतिहासको सानो घटना होइन।’