गगन थापाले भने: अब सभापति लड्छु - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

गगन थापाले भने: अब सभापति लड्छु



काठमाडौं – नेपाली काँग्रेसका प्रभावशाली नेता गगनले थापाले पार्टी सभापतिमा चुनाव लड्ने संकेत गरेका छन् । उनले अबको सभापति युवा बनाउनुपर्ने बताउँदै अब कांग्रेसलाई जनताको मन जित्ने पार्टी बनाउनुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘‘नेपाली कांग्रेसलाई भरोसाको केन्द्र बनाउन युवा नेताहरुको संगठित प्रयास’’, विषयक कार्यक्रममा बोल्दै थापाले अबको निर्वाचनमा कांग्रेसको बहुमतको सरकार बनाउन सक्छु भन्ने नेतालाई केरकार गरेर मात्र सभापति चुन्नुपर्ने बताएका थिए । थापाले यदि यस्तो गर्न नसके पदबाट तत्काल राजीनामा दिन तयार भएर मात्र चुनाव लड्न आग्रह गरे ।

नेता थापाले कांग्रेसको सभापति जो आएपनि पार्टीलाई बहुमत दिलाउने एजेण्डा बोक्ननुपर्ने र पूरा गर्न नसके राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘आफूले भोट हाल्ने सभापतिलाई यति लेखाउन सक्यो भने हामी सफल हुन्छौ, हाम्रो परीक्षण हुने पनि आम निर्वाचनमा हो। यदि उसको नेतृत्व असफल हुन्छ भने आधा समयमा छोड्ने कुरा हामीले सभापतिलाई गराउनु पर्छ।’

थापाले युवा नेताहरुप्रति कांग्रेसका लाखौं कार्यकर्ताहरुको भरोसा रहेको बताउँदै युवा नेतृत्वलाई अझ सहयोग गर्ने बताएका छन् ।

उनले भने ‘विगतमा मेरो पुस्ताबाट म महामन्त्री लडेको थिए सफल भइन । अब मेरो पुस्ताबाट कोही सभापति लड्नुहुन्छ भने म सहयोग गर्छु , होइन भने म लड्न तयार छु के तपाई सहयोग गर्न तयार हुनुहुन्छ ?’

कार्यक्रममा कांग्रेस नेताहरु एनपी साउद, चन्द्र भण्डारी, धनराज गुरुंग, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, पुष्पा भूषाल, किरण यादव, बद्री पाण्डे, जीवन परियार लगायत उपस्थित थिए ।