पक्राउ परे करोडौँको सरकारी जग्गा हडप्ने नेकपाका नेता - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

पक्राउ परे करोडौँको सरकारी जग्गा हडप्ने नेकपाका नेता



काठमाडौं– झापामा सरकारी जग्गा हडेपेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् ।सम्पति शुद्धिकरण अनुसन्धान विभागको टोलीले झापाको दमकका नेकपा नेता रेवतराज पुरीलाई पक्राउ गरेको हो ।

सरकारी जग्गा आफ्नो नाममा किर्ते गरेको अभियोगमा नेता पुरीलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।

नेकपा प्रदेश १ का सदस्यसमेत रहेका पुरी गत स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेद्वार थिए । पूर्वमाओवादी निकट रहेका नेता पुरी स्थानीय तहको निर्वाचनमा पराजित उम्मेद्वार हुन् ।

दमक नगरपालिका ६ स्थायी घर भएका पुरीले वडा नम्बर ८ मा रहेको १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा नामसारी गरेर विक्री गरेको आरोप लागेको छ । पक्राउ परेका पुरीमाथि थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने विभाग स्रोतले जानकारी दियो ।