गगन थापाको प्रस्ताव: शेखर कोइरालालाई सभापति - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

गगन थापाको प्रस्ताव: शेखर कोइरालालाई सभापति



काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ प्रस्ताव ल्याएका छन् । उनले संस्थापन इतर समूहबाट डा. शेखर कोइरालालाई सभापतिको साझा उम्मेदवार बनाउन उपयुक्त हुने बताएका छन्।

महाधिवेशन सुरु हुनु अघिल्लो दिनसम्म पनि सो समूहले सभापतिको साझा उम्मेदवार तय गर्न नसकिरहेका बेला थापाले यस्तो बताएका हुन्।

बिहीबार पौडेल पक्षका केन्द्रीय सदस्यहरुको छलफल कार्यक्रममा गगनले भने, ‘मेरो क्षेत्र काठमाडौंमा म प्रकाशमान सिंह नजिक छु, तर राष्ट्रिय राजनीतिलाई विचार गर्दा साझा उम्मेदवारको रुपमा शेखरलाई अगाडि बढाउन उपयुक्त हुन्छ।’

उता, शेखर भने जिल्ला सभापतिहरूसँगको छलफलमा छन्। छलफलमा उनी पक्षका नवनिर्वाचित तथा निवर्तमान सभापतिहरू सहभागी छन्।