प्रचण्ड माथि जईलागे गगन ! - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

प्रचण्ड माथि जईलागे गगन !



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदको हिउँदे अधिवेशनमा दिएको अभिव्यक्तिलाई हलुका रुपमा लिन नहुने बताएका छन् । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेविसंघ क्षेत्र नम्बर ३ ले शुक्रबार बत्तिसपुतलीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति, नेपाली कांग्रेसका युवाहरुको भूमिका’ विषयक विचार गोष्ठीमा नेता थापाले यस्तो बताएका हुन् ।

विश्वभर ‘लिबरल डेमोक्रेसी’ खतरामा परेको जिकिर गर्दै उनले नेपालमा दुई तिहाई नेतृत्वको सरकारका कारण ‘लिबरल डेमोक्रेसी’ सहज अवस्थामा नभएको टिप्पणी गरे । ‘‘विश्वभर नै लिबरल डेमोक्रेसी खतरामा परेको छ । नेपालमा झन् सहज अवस्था नै छैन । दुई तिहाई सरकारले लिबरल डेमोक्रेसीलाई सिध्याउन चाहेको छ,’’ युवा नेता थापाले भने, ‘‘संसदमा प्रचण्डले कम्युनिष्ट सरकार भए ड्याम–ड्याम निर्णय गरेर काम गर्न सकिन्थ्यो भन्नुलाई हल्का रुपमा नलिऔं ।’’

केही दिनअघि ने क पाका अध्यक्ष प्रचण्डले लोकतान्त्रिक सरकार भएकाले विकास र समृद्धिको काम केही ढिलो भइरहेको दाबी गर्दै कम्युनिष्ट सरकार भएको भए फटाफट निर्णय गरेर विकासको गतिलाई तीव्रता दिन सकिने आशय व्यक्त गरेका थिए ।

नेता थापाले सरकारका एकपछि अर्को गरी हुँदै आएका गल्तिका कारण युवा जमात रुष्ट भइरहेका बेला कांग्रेसले उनीहरुमा विश्वासको संकट उत्पन्न हुन नदिन युवा लक्षित कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । ‘‘अहिले युवाहरु सत्तासँग एकपछि अर्को गरी रिसाइरहेका छन् । उनीहरुलाई हाम्रो पार्टीमा आकर्षित गर्न नेताहरु च्यूत हुनुहुँदैन,’’ उनले भने । युवालाई भरोसा दिन सकिएन भने मुलुकमा अस्थिरता निम्तिने कांग्रेस नेता थापाको भनाइ थियो ।