प्रधानमन्त्रीसंग स्वार्थ र षडयन्त्रका बैठक बस्न मात्रै समय छ: गगन थापा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

प्रधानमन्त्रीसंग स्वार्थ र षडयन्त्रका बैठक बस्न मात्रै समय छ: गगन थापा



काठमाडौं- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्रीको अकर्मण्यताले गर्दा कोरोनाको भयाबह अवस्था आएको आरोप लगाएका छन् । आफ्नो स्वार्थ र षडयन्त्रका लागि जे पनि गर्ने, तर जनताको बारेमा सोच्न फुर्सदै नभएपछि यस्तो अवस्था आएको समेत थापाले बताएका छन् ।

थापाले मंगलबार सामाजिक संजालआ ट्वीट गर्दै महामारीकै बिचमा बालुवाटारमा पद जोगाउनकै लागि र षडयन्त्र रच्नकै लागि दर्जनौं पटक बैठक बस्न सकेको तर कोरोना महामारी रोकथामकालागि उनलाई फुर्सद नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थको लागि संसद बैठक अन्त्य गर्ने, षडयन्त्रका दर्जनौँ बैठक बस्न भ्याउने भन्दै थापाले भनेका छन् ‘…तर कोरोना जोखिमबारे प्रधानमन्त्री ओलीलाई एक पल न सोच्ने फुर्सद भयो न सुन्ने’

उनले लेखेका छन्:

आफ्नो स्वार्थको लागि संसद बैठक अन्त्य गरेको १ महिनापछि प्रमज्यूलाई कोरोनाबारे संवाद गर्ने साइत जुरेछ। यो बिचमा बालुवाटार मा पार्टीका, गुटका, षडयन्त्रका दर्जनौँ बैठक बसे तर कोरोना जोखिमबारे प्रधानमन्त्री ओलीलाई एक पल न सोच्ने फुर्सद भयो न सुन्ने। प्रधानमन्त्रीको यही अकर्मण्यताले आजको अवस्था भोग्दैछौं।