गगन थापाले लगाए प्रधानमन्त्रीमाथि गम्भीर आरोप: 'राष्ट्रिय सुरक्षामा खतरा' - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

गगन थापाले लगाए प्रधानमन्त्रीमाथि गम्भीर आरोप: ‘राष्ट्रिय सुरक्षामा खतरा’



काठमाडौं- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरा बढेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कुटनीतिक मर्यादा विपरीत भेटवार्ता गरेको भन्दै सांसद थापाले भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोज्न नहुने बताएका छन।

सामाजिक सञ्जालमा उनी लेख्छन, ‘प्रधानमन्त्रीको भारतीय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ।

सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ।यसको अनुसन्धान हुनुपर्छ।’