गगन थापा बने 'म्यान अफ दि इलेक्सन' - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

गगन थापा बने ‘म्यान अफ दि इलेक्सन’



काठमाडौं- काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मामा महामन्त्रीमा विजयी भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी भएका हुन् ।

मतगणना अन्तिम चरणमा प्रवेश गर्दा गगन झन्डै २ तिहाइ मत ल्याएर विजयतर्फ अग्रसर छन् भने विश्वप्रकाशले पनि तेस्रो स्थानमा रहेका उम्मेदवार प्रकाशशरण महतसँग मतान्तर बढाएर जितेका छन् ।

गगनले ३०२३ मत पाउँदा उनी अहिलेसम्म ‘म्यान अफ दि इलेक्सन’ बनेका छन् । यो मत १४ औं महाधिवेशनमा कुनै उम्मेदवारले अहिलेसम्म पाएको मतमध्ये सर्वाधिक हो।

पछि गणना हुने पदाधिकारीहरूले पनि यति मत ल्याउन सम्भव नभएको नेताहरूले बताएका छन् ।

दोस्रो चरणमा सभापति जितेका प्रधानमन्त्री शेरबहादुर देउवाले २७३३ मत पाएका थिए।

उपसभापतिमा सबैभन्दा बढी मत पाएका पूर्णबहादुर खड्काले २१२१ मत पाएका थिए।

अब सहमहामन्त्रीको मतगणना हुनेछ। पदाधिकारीको मतगणना सकिएपछि केन्द्रीय सदस्यको मतगणना हुनेछ।