'बालुवाटारभित्र निद्रामा मस्त सरकार- अब अति भो !' - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

‘बालुवाटारभित्र निद्रामा मस्त सरकार- अब अति भो !’



काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले कोरोना रोकथाममा सरकारको कामबारे चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

सांसद थापाले सामाजिक संजालमा टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त रहेको बताउदै कोरोना भुसको आगो जस्तो फैलिएको तर सरकारले न परीक्षण बढाउछ न अस्पताल केन्द्रित तयारी गर्छ भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सरकार अब अति भो भनौं भन्दै अपिल गरेका छन् ।

उनले लेखेका छन्;

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो !’