प्रचण्डका घरबेटी र बिक्रम पाण्डे लगायतलाई कारवाही गर्न गगनको माग - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

प्रचण्डका घरबेटी र बिक्रम पाण्डे लगायतलाई कारवाही गर्न गगनको माग



कांग्रेसका युवानेता गगन थापाले निर्धारित समयमा सडक निर्माणको ठेक्का पुरा गर्न नसक्ने शारदाप्रसाद अधिकारीसहितका कम्पनीको ठेक्का रद्द गर्न माग गरेका छन् । शैलुङ कन्ट्रक्सनको प्रमुख रहेका ठेकेदार अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरधनी हुन् ।

सांसद थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–४ का सडक निर्माणको ठेक्का लिएर समयमै काम नसक्ने शैलुङ कन्स्ट्रक्सनसहितका चार निर्माण कम्पनीहरुलाई कारवाहीको माग गरेका छन् । थापाले ठेक्का रद्द गर्न माग गरेका अन्य कम्पनीहरुमा राप्रपाका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेको कालिका, तुँदी, प्रभा, साप रहेका छन् ।

सो निर्वाचन क्षेत्रमा सडक निर्माणका लागि जनप्रतिनिधिहरु र स्थानीय जनताका साथ हुँदाहुदै पनि ती निर्माण कम्पनीहरुमा आफूले पाएको काम इमानदारीपूर्वक काम सक्ने नियत नरहेको भन्दै ठेक्का रद्द गर्न गगनले माग गरेका हुन् । उनले ठेकदार कम्पनीको ठोस प्रगति नदिएको पनि बताए ।

‘स्थानीयको अवरोध देखाइ वा अन्य कुनै बहानामा अब यी निर्माण कम्पनीले आफ्नो ठेक्का थप गर्नुको कुनै औचित्य नरहेको’ थापाले बताएका छन् ।

शैलुङले आकाशेधारा राममन्दिर कृष्णमन्दिर सडक र सुन्दरवस्ती, आदर्शनगर, चुन्नीखेल, टुपेक टुसाल, जग्दोल, राष्ट्रिय शहीद पार्क लगायतका सडकको काम सम्पन्न गरेको छैन् । दुवै सडकका सम्झौताअनुसार निर्माण गर्न तोकिएको समयमा ८ महिना र एक वर्षअघि समाप्त भएको छ ।

शैलुङले नै ठेक्का लिएको स्पेशल चोक, बालुवाखानी, आकाशेधारा, सात तले सडकको निर्माण गर्नुपर्ने समयावधि २३ जेठमा समाप्त भइसकेको छ । त्यसैगरी साप र कालिकाले ठेक्का लिएको बुढानीलकण्ठपूर्व तैलुङ स्कूल, देउवा चोक सडकको पनि निर्माणको मिति सकिएको नौ महिना भन्दा बढी भएको छ ।

त्यसैगरी तुँदी र प्रेराले ठेक्का लिएको दुई सडक पनि समयमै सकिएको छैन । चुनीखेल चपली बुढानीलकण्ठ सडक (अनिगुम्बा कृष्ण मन्दिर पिपलबोट सडक), महाकाल, भृकुटी चोक, तेन्जिङ चोक, पैmका सडक निर्माण सम्झौतापनि समयावधिभित्र सम्पन्न हुन सकेको छैन ।